तुलसीपुर, कात्तिक १४ । प्रथम लुम्बिनी प्रदेशस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता तुलसीपुरमा आयोजना गर्न थालिएकोे छ ।
यही कात्र्तिक १७ र १८ गते गरि दुई दिन तुलसीपुरमा प्रतियोगिता आयोजना गरिएको लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए ।
मंगलबार संघका अध्यक्ष बिमल रिजाल र कोषाध्यक्ष मोहन सुनारले बिज्ञप्ति जारी गरि प्रथम लुम्बिनी प्रदेशस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता बारे जानकारी दिएका हुन ।
तुलसीपुरमा आयोजना गरिएको हुँदा त्यसलाई सफल पार्न सबैको सकारात्मक सहयोगको अपेक्षा गरिएको अध्यक्ष रिजालले बताए ।
प्रदेश राजधानी दाङको तुलसीपुरमा पहिलो पटक हुन थालेको प्रथम तेक्वान्दो प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका खेलाडीलाई निम्त्याइएको छ ।
प्रदेश भरका खेलाडीको तुलसीपुरमा आउने हुँदा यस क्षेत्रका होटेलमा खेलाडी तथा पाहुनाहरुले रुम बुक गर्न थालेको एक होटेल ब्यबसायीले जानकारी दिए ।
अध्यक्ष रिजालले तुलसीपुरमा हुने प्रतियोगिताले प्रदेशलाई भावनात्मक रुपमा एकै ठाउँमा उभ्याउने र त्यसले तुलसीपुरका प्रचार प्रशारमा थप मद्दत पुग्ने आशा ब्यक्त गरे ।
रिजाल अध्यक्ष भएपछि तुलसीपुरको दुधेनामा झन्डै एक करोड बढी खर्चिएर कर्वहल निर्माण गरिएको छ । जसको गत बर्ष मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका थिए ।
त्यो कवर्डहल निर्माण पछि भविश्यमा तुलसीपुर क्षेत्रको खेलकुदको बिकासमा थप टेवा पुग्ने आशा गरिएको छ ।