२०८१ फाल्गुन २ गते शुक्रवार

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले गरे स्वागत

काठमाडौँ ,कात्तिक १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका छन्।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेलगत्तै गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरेका हुन्।

गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आजै राति काठमाडौं आइपुगेका हुन्। उनी अहिले् उच्चस्तरीय भेटवार्ताका लागि सिंहदरबार पुगेका छन्।

आजै उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ।

महासचिव गुटेरेस आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन्।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *