२०८० मङ्सिर १७ गते आइतवार

शंकर पोखरेलले आफ्नो भाषणको करिब ९० प्रतिसत धर्मको कुरा मात्रै गरे

तुलसीपुर, कात्तिक १० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने पर्वका रुपमा दशै पर्व बन्न पुगेको बताएका छन ।

नेकपा एमाले तुलसीपुर उपमहानगर कमिटीले शुक्रवार तुलसीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यस्तो बताएका हुन ।

‘नेपालीहरुले वर्षभरिको सबैभन्दा धेरै किनमेल गर्ने समय कुन हो भनेर खोजी गरियो भने सबैभन्दा किनमेल गर्ने समय भनेको दशैँको समय हो,त्यस अर्थमा नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने पर्व पनि दशैँ पर्व बन्न पुगेको छ,’महासचिव पोख्रेलले भने ।’

उनले दशैँ पर्वलाई पारिवारीक मिलन,सामाजिक एकता र सद्भाबको पर्ब रुपमा लिदै आएको बताएका थिए । उनले पछिल्ला केही वर्ष यता दशैँ पर्वका बारेमा एक प्रकारको बहस चलाउन खोजिएको भन्दै नेपालका राजनितिक दलहरु मध्ये नेकपा माओबादी केन्द्रका नेताहरुले विगतमा दसैं बहिष्कारको अभियान चलाएपनि अहिले घरभित्र लुकेर टीका लगाउने अवस्थामा पुगेको दाबी गरे ।

‘नेपालका राजनीतिक दलहरु मध्ये नेकपा माओवादी केन्द्रले कुनै समय दशैँ तिहार जस्ता चाडपर्वहरुको बहिस्कारको कार्यक्रमहरु चलाएको थियो,’ महासचिव पोख्रेलले भने,‘त्यो कति गलत थियो भन्ने खालको कुरा त आज ति माओवादीका नेताहरु जस्ले बहिस्कारको आन्दोलनको नेतृत्व गरे,उनीहरु घर भित्र लुकेर बसेर टिका लगाउनुपर्ने अवस्थामा पुगेका छन ।’


उनले दशैैं कुनै धर्म विशेषको चाड मात्रै नभई नेपाली संस्कृति भएकाले कम्युनिष्ट भएकै कारण दशैं बहिष्कार गर्न नहुने तर्क गरे ।

‘हामीले मनाउँदै आएको दशैँ नेपालको मौलिक संस्कृतिको रुपमा रहेको छ,’ उनले भने,‘नेपालका विभिन्न जात–जातिहरु मिलेर साझा संस्कृति निमार्ण गरेका छन,त्यो संस्कृतिको विषेशताको रुपमा दशैँ पर्वलाई लिइन्छ ।’

समाजलाई अध्ययन नै नगरी चाड पर्वहरुका बारेमा विबेचना गर्ने चलन राख्नु भनेको त्यसले सांस्कृतिक परम्परा र मुल्य मान्नेता माथि एक प्रकारको आघात पु¥याउने काम हुने उनले बताए ।

फरक प्रसंगमा बोल्दै महासचिव पोखरेल कृषि प्रतिको विर्कषणको परिणामका रुपमा युवाहरु देशबाट पलायन भैरहेको बताउँदैँ त्यो अवस्थालाई बदल्न जरुरी रहेको बताए ।

‘कृषिको महत्वलाई संस्कृतिसगं जोडेर हाम्रा पुर्खाहरुले स्थापित गरे,त्यो चिजलाई हामीले नयाँ सिराबाट पुर्नस्थापित गर्न जरुरी छ,’ उनले भने ।’


लामो राजनीतिक सर्घषबाट खारिएका नेताहरुले गर्न नसकेको कुरा नयाँहरुले गर्दछन भन्ने मान्यतालाई अगाडि सार्न खोजिएकोले त्यसले समाजलाई लामो समयसम्म पछाडी ढकेल्ने काम गर्ने धारणा राखे ।

जुन राजनीतिक दलहरु जिवन्त हुन सक्दैनन् त्यो समाप्त हुने बताए ।

नेपालका पुराना भनिएका राजनितिक पार्टीहरु नेपाली कांग्रेस,नेकपा एमाले र माओवादीको तुलना गर्दा नेतृत्व निमार्णका प्रश्नमा नेकपा एमाले गतिशिल पार्टीका रुपमा रहेको दावी गरे ।

एमाले तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष माधब वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, तुलसीपुरका नगर प्रमुख टीकाराम खडका, प्रजातान्त्रिक उधोग ब्यबसायी सघं तुलसीपुरका अध्यक्ष जनकप्रसाद खराल, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, पूर्व अध्यक्ष खेमराज वली, तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण नेकपा एमाले नगर सचिब रुपबहादुर खत्रीले गरेका थिए ।

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *