
दाङ, वैशाख २५ । वनमा सल्किएको डढेलो बस्तिसम्म फैलिदा ८ वटा घर गोठ जलेर नष्ट भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १ स्थित सल्लिबोट सामुदायिक वनमा लागेको डढेलो बस्तिसम्म पुगेपछि स्थानीय व्यक्तिका ६ वटा घर र २ वटा घर जलेर नष्ट भएका हुन ।
आगलागी बाट घोराही १ तल्लो माले निवासी ४२ बर्षीय चुमानसिंह विष्टको एउटा घर र गोठ, सोही ठाउँकै ६० बर्षीय गमबहादुर गमालको दुईवटा घर, ३२ बर्षीय टुकमान गममालको एउटा घर, श्यामलाल विष्टको दुई वटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार उक्त आगलागीमा परि साढे ३१ लाख बढीको क्षति भएको छ। वनमा सल्केको डढेलो हावाहुरीका कारण बस्ति सम्म पुग्दा उक्त आगलागी भएको प्रहरीले बताएको छ । मंगलवार बेलुकी आगो वनवाट बस्तिमा पुगेको थियो ।
प्रहरीका अनुसार आगलागी बाट विष्टको ६ लाख बराबर, गमबहादुर गमालको साढे ११ लाख बरावर, टुकमान गमालको ७ लाख बराबर र श्यामलाल विष्टको ७ लाख बराबरको क्षति भएको छ ।