२०७७ मङ्सिर १४ गते आइतवार

शान्तिनगरका तीन घरमा आगलागी हुँदा लाखौंको क्षति

दाङ, वैशाख २३ । दाङको शान्तिनगर गाउँपालिकामा सोमवार दिउँसो तीन घरमा आगलागी भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित जुम्लेकुलामा तीनवटा घरमा आगलागी हुदा करिब ५० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । एकै परिवारका तीन सदस्यहरु बुद्धिराम रेउले, गौरीलाल रेउले र कुलबहादुर रेउलेको घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय खितलपुरले जानकारी दिएको छ ।

आगलागी बाट २ वटा गोरु, ६ वटा बाख्रा , २ वटा बंगुर जलेर मरेका छन् । त्यसैगरी एउटा मोटरसाईकल पनि जलेर नष्ट भएको छ । नगद, गरगहना, लत्ता कपडा तथा अन्पात गरि झन्डै ५० लाख बराबरको क्षति भएको प्रहरीले पूर्व अनुमान गरेको छ । आगलागी बाट सबैभन्दा धेरै साढे १६ लाख बढी क्षति कुलबहादुरको घरमा भएको छ भने गौरीलालको घरमा साढे ६ लाख र बुद्धिरामको घरमा साढे ११ लाख जतिको गरगहना, नगद र अन्नपात जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार सुरुमा बुद्धिरामको घरवाट आगो सल्केको हो । तोरीको ठाँड जलाउन लगाइएको आगो दिउँसो हावा चल्दा घर नजिकैको परालको खराई हुँदौ घरसम्म पुगेको अनुमान गरिएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले तोरीको डाँठ जलाउन सल्काइएको आगो पराल हुँदै हावाको माध्यमवाट घरसम्म पुगेको भन्ने खुल्न आएको बताए । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले पनि विहान तोरीको डाँठमा लगाएको आगो ननिभाउँदा दिउँसो हावाले घरसम्म पु¥याएको भन्ने खुल्न आएको बताए । बुद्धिरामको घरका सदस्यले विहान तोरीको डाँठ जलाउन आगो लगाएको र दिउँसो उनीहरु आँखाको उपचारको लागि तुलसीपुरको रक्षाचौरस्थित आँखा अस्पतालमा पुगेको समयमा हावाको कारण पराल हुँदै घरसम्म आगो फैलिएको स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *