२०७७ कार्तिक १५ गते शनिवार

दोस्रो जिल्लास्तरीय पारा टेबलटेनिस


लक्ष्मण बस्नेत
दाङ, २३ बैशाख ।
दोस्रो दाङ जिल्लास्तरीय पारा टेबल टेनिस प्रतियोगिता २०७६ को मेन स्ट्यान्डिङमा धरम पुन र युमन स्ट्यान्डिङमा अस्मिता बुढाले स्वर्ण पदक जितेका छन् । दाङ जिल्ला प्रशिक्षण केन्द्र र दाङ जिल्ला टेवल टेनिस संघको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताको मेन स्ट्यान्डिङ फाईनलमा दिपक भुसाललाई ३–१ को सेटमा पराजित गर्दै धरम पुनले स्वर्ण हात पारेका हुन् ।

फाइनलमा पराजित दिपकले रजत पदकमा चित्त बुझाउँदा शिवराज खड्का र गुरुप्रसाद चौधरीले तृतीय स्थान हासिल गरे । त्यस्तै युमन स्ट्यान्डिङको फाईनलमा निर्मला ओलीलाई डिसाडिङ गेममा ३–२ सेटको अन्तरमा पराजित गर्दै अस्मिता बुढाले स्वर्ण पदक हात पार्न सफल भईन् । निर्मलाले रजत पदकमा चित्त बुझाउँदा हरिकला भण्डारी र गीता सुनार तृतीय भए ।

मेन ह्विलचेयरतर्फ सुरेश विकले स्वर्ण पदक हात पारे । फाइनलमा खिम बहादुर महतरालाई ३–२ सेटमा पराजित गर्दै सुरेशले स्वर्ण पदक हात पारेका हुन् । खिम बहादुर महतराले रजत पदकमा चित्त बुझाउँदा यज्ञ विक र खुम बहादुर पुन तृतीय भए । त्यस्तै मेनतर्फ मस्कुलर डिस्ट्रवीमा छबि भण्डारी र आइसाईट फिजिकल च्यालेन्जमा कमला रोकाले स्वर्ण पदक हात पारे ।

प्रतियोगिता सशक्त र शानदार प्रदर्शन गर्ने ५४ वर्षिय पारेश्वर न्यौपाने उत्कृष्ट खेलाडी घोषित भए । यसैबीच प्रतियोगिता दाङ जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष अरुण लहरेको अध्यक्षता तथा टि.टि.फो. नेपालका कोर्डिनेटर दिपक केसीको प्रमुख आतिथ्यता एवं नेपाल पारा टेवल टेनिस संघका कोषाध्यक्ष सुशील गौतमको विशिष्ट आतिथ्यतामा भएको थियो ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ठ अतिथि, दाङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष सीताराम शर्मा, संघका सचिव केशवप्रसाद श्रेष्ठ लगायतले विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *