तुलसीपुर, असोज २५ । नेपाल तरुण दल केन्द्रीय कार्य समितिले दाङ जिल्लाको हालसम्मको आधिकारिक जिल्ला अध्यक्ष टीकाराम घर्ती नै भएको स्ष्पष्ट पार्दै अबिलम्ब जिल्लाको संगठनको प्रतिबेदन पेश गर्न माग गरेको छ ।
तरुण दलका केन्दीय अध्यक्ष बिद्धान गुरुङले असोज २५ गते पठाएको पत्र अनुसार तरुण दलको चौथो महाधिबेशनबाट दाङ जिल्ला अध्यक्ष घर्ती नै भएको स्पष्ट पार्दै जिल्लाको संगठन निर्माणमा निरन्तर लागन लगाउन आग्रह गरिएको छ ।
साथै दाङ जिल्लामा भए गरेका सम्पूर्ण तहका सांगठनिक अभिलेख प्रतिबेदनका रुपमा केन्द्रीय कार्यालयमा अबिलम्ब उपलब्ध गराउन आग्रह पनि गरिएको छ ।
जस्को बोधार्थ नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति शंकरप्रंशाद डाँगीलाई पनि पठाइएको छ ।
काँग्रेस भित्रै कतिपयले तरुण दलको जिल्ला अध्यक्षको रुपमा टीकाराम घर्तीको अस्तित्व समाप्त भइ सकेको दाबी गरि रहँदा केन्द्रीय कार्यसमितिको परिपत्रले टीकाराम घर्तीको जिल्लाको अस्तित्व स्थापित गरि दिएको छ ।
अब यसबाट जिल्ला अध्यक्ष घर्तीको सहमति बेगर गठन गरिएका तरुण दलका नगर अध्यक्षहरुको हैसियतमा प्रश्न बाचक चिन्ह खडा भएको आँकलन गर्न थालिएको छ ।
यद्यपी यो बिषयमा अन्तर पार्टी भित्रै फरक गुटमा विश्वास गर्ने ब्यक्तिहरु ससोज २५ गतेको सर्कुलेसनले झनै समस्या बल्झाउने स्थिति पैदा भएको तर्क गर्न थालेका छन् ।