२०७७ कार्तिक ५ गते बुधवार

विमानमा आगो लाग्दा ४१ को मृत्यु, ३७ जनाको जीवितै उद्धार 

बैशाख २३। रुसमा आपतकालीन बिमान अवतरण गर्ने क्रममा विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ भने ३७ जनाको जिवितै उद्दार गरिएको छ ।

मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा आइतबार सुखोई सुपरजेट-१०० विमानमा आगलागी भएको हो । मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा चालक दलका ५ सदस्यसहित ७८ जना थिए । तीमध्ये ४१ जनाको मृत्यु भएको भने ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको बताएको छ ।

सामाजिक सञ्जालमा आइरहेका भिडियो हेर्ने हो भने यात्रीहरुलाई विमानको आपतकालिन ढोकाबाट निकालिदै थियो। भिडियोमा अवतरण गर्ने क्रममा विमानबाट कालो धुवाँ आइरहेको देख्न सकिन्छ। यस्तै अर्को भिडियोमा विमान अवतरण गर्ने क्रममा उफ्रिएको देख्न सकिन्छ।एजेन्सी

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *