तुलसीपुर,असोज २४ ।नेपाल तरुणदल दाङ क्षेत्र नं. ३ को क्षेत्रिय कार्यबहाक अध्यक्षमा राजकुमार केसीलाई मनोनीत गरिएको छ ।
लामो समय देखि अध्यक्ष पद रिक्त रहेको हुदाँ नेपाली कांग्रेस ‘संगठन सुद्धढिकरण बिशेष आन्तिरिक अभियान’ मा केन्द्रिय प्रतिनिधिको रिक्त पदपुर्ती गर्ने निर्देशनलाई कार्यान्वयन गर्दै नेपाल तरुणदल क्षेत्र नं. ३ का उपाध्यक्ष राजकुमार केसीलाई कार्यबहाक अध्यक्षमा मनोनीत गरिएको नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगत बहादुर खड्काले जानकारी दिए ।
केसीलाई नेपाल तरुणदलको विधान,नेपाली कांग्रेसको विधान (२०१७) संसोधन सहित नेपाली कांग्रेसको नियमावलि २०७६ को प्रतिकुल नहुनेगरि पदीय जिम्मेवारी प्रदान गरिएको हो ।
प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार