तुलसीपुर,असोज २४ । नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले नेपाल तरुणदल तुलसीपुरको आधिकारिक अध्यक्ष कमल घर्ती नै भएको बताएका छन् ।
जिल्ला सभापति डाँगीले असोज २३ गते काँग्रेस संघीय क्षेत्रीय कार्यसमिति, दुबै प्रदेश समिति लगाएत तुलसीपुर उपमहानगर कार्यसमितिलाई पत्रचार गर्दै घर्ती नै तरुण दलको आधिकारिक अध्यक्ष भएको स्पष्ट उल्लेख गरेका छन् ।
काँग्रेस तुलसीपुर नगर कार्यसमिति सभापति सुरेश हमालले घर्तीलाई भदौ ११ गते नगर अध्यक्षको रुपमा मनोनयन गरेका थिए ।
त्यसपछि घर्तीलाई नगरसभापति हमालले विधान बिपरित नगर अध्यक्षमा नियुक्ति गरेको भन्दै नेपाल तरुण दल दाङ अध्यक्ष टीकाराम घर्तीसहितका केहीले बिरोध गर्दै आएका थिए ।
यो समुहले तरुण तुलसीपुर नगर उपाध्यक्ष सुरेन्द्रसिंह राठौरलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी त्यसपूर्व नै तोकिएको भन्ने पत्रसहितको बिवरण सार्वजनिक गरेका थिए । त्यो जिम्मेवारी पत्र भने भदौ २४ गते मात्रै सार्वजनिक गरिएको थियो ।
एउटै संगठन भित्र दुई पक्षले आँफुहरु नै आधिकारिक र बिधि सम्बत रहेको दाबी भइ रहेको समयमा जिल्ला सभापति डाँगीले घर्ती नै आधिकारिक भएको उल्लेख गरेका छन् ।
काँग्रेस तुलसीपुर नगर सभापति हमालले तरुण अध्यक्षमा मनोनित गरेका अध्यक्ष घर्ती र तरुण जिल्ला अध्यक्ष टीकाराम घर्तीले कार्यबहाक जिम्मेवारी सुम्पिएका भनिएका सिंहको समुहले आँफुलाई नै आधिकारि अध्यक्ष भएको जिकिरका साथ अलग – अलग रुपमा कार्यक्रमहरु गर्न थालेका छन् ।
उनीहरुले आपसमा अलग – अलग रुपमा संगठन बिस्तार गर्ने कसरत पनि गर्दै आएका छन् ।
यी दुई समुह मध्य जिल्ला अध्यक्ष टीकाराम घर्ती काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र नगरसभापति सुरेश हमाल अर्का केन्द्रीय सदस्य दीपक गिरी निकट मानिन्छन् ।
बिगतदेखि नै जिल्लामा र बिशेष गरि तुलसीपुर क्षेत्रमा गिरी दाजु भाइको नाममा अलग – अलग गुट उपगुहरु अस्तित्वमा रहँदै आएका छन् ।
जिल्ला सभापतिको पत्र पछि कतिपयले तुलसीपुर नगरमा तरुण दलको नेतृत्वको बिबाद साम्मेहुने अपेक्षा गरेका छन् भने कतिपलय यो बिषय झनै पेचिलो बन्ने आंकलन गर्न थालेका छन् ।
‘ नगरसपभाति सुरेश हमालले गठन पूर्व नै तरुण जिल्ला अध्यक्ष टीकाराम घर्ती लगाएतसंग छलफल गरि सहमतिका आधारमा तरुण दलको नगर अध्यक्ष मनोनित गरेको भए यस्तो समस्या नै उत्पन्न हुँदैन थियो भन्ने मलाई लाग्छ,’ एक जना तरुण नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ‘ गुटको नाममा एकले अर्काको अस्तित्व स्वीकार्न तयार नहुनु र आपसमा ईगो पालेर म मात्रै असरी काँग्रेस हुँ भन्ने गलत चिन्तनका कारण तुलसीपुरमा समस्या निम्तिएको हो भन्ने मलाई लाग्छ ।’
उनका अनुसार अझैंपनि सरोकारवालाहरु आपसमा बसेर छलफल गरि एक अर्काको कुरा सुन्ने र सहमतिका साथ अगाडि बढे समस्या तत्काल समाधान हुन सक्ने उनको विब्वास थियो ।
‘गुटका नाममा आ–आफ्नो राजनीतिक रोटी सेक्ने र युवालाई मुठभेडको अवस्थामा पु¥याउने सोच कसैले राख्छ भने त्यो गलत हो,’ उनले अगाडि भनेका थिए ‘ बबई क्याम्पसको स्वबियू निर्वाचनमा भएको मतदान पनि यही गुटकै कारण गणना हुन सकेन र गठबन्धन गरि निर्वाचनमा होमिदापनि तुलसपुरको मेयरमा काँग्रेसले पराजय भोग्नु परेको हो ।’
यस्तै अवस्था कायमै रहे भविश्यमा पनि नेपाली काँग्रेस तुलसीपुरमा बडारिन सक्ने उनले चिन्ता जाहेर गरेका थिए ।
काँग्रेस भित्रका यी दुई गुट उपगुटले सामाजिक संजाल मार्फत आ–आफ्नो पक्षमा लबिङ गर्दै आएका मात्रै छ्रैनन् नेतृत्व तहबाट नै आपसमा तिक्तता फैलाउने र मुठभेट निम्त्याउने किसिमका अभिब्यक्तिहरु सार्वजनिक हुँदै आएका छन् ।