दाङ, असोज २३ । नेकपा एमालेका महासचिव संकर पोखरेलले अहिलेको गठबन्धन सरकार जनता र राष्ट्रको सरकार बन्न नसकेको आरोप लगाएका छन् ।
एमाले निकट थारुहरुको संगठन नेपाल लोकतान्त्रिक सघको लुम्बिनी प्रदेश स्तरिय प्रथम भेलालाई घोराहीमा सम्बोधन गर्दै नेता पोखरेलले अहिलेको सरकारले नेपाल र नेपालीको हितमा भन्दापनि बिदेशी इसारामा काम गरि रहेको आरोप लगाएका हुन ।
देशका प्रधानमन्त्री आँफैले भन्ने आँफु छिमेकीहरुको लागि कर्फटेबल सरकार रहेको बताउँदै आएको हुँदा यो सरकार जनताको र न राष्ट्रको सरकार बन्न नसकेको उनको भनाइ थियो ।
पोखरेलले भने – ‘नेपालका प्रधानमन्त्री प्रचण्ड बिदेश भ्रमण जाँदै गर्दा नेपालको पक्षमा पैरबी गर्न आँट नगर्नु र भारत भ्रमणमा जाँदा इपिजीको ईपनि उच्चारण गर्नपनि सकेनन् ।’
नेपाल भारत सम्बन्धका बारेमा र सीमानाको समस्या होस वा डुवानको समस्याका प्रचण्डले भारत भ्रमणका क्रममा गर्न नसकेको उनले बताए ।
कायक्रममा थारु अगुवाहरुले नेपालको आदीवासी थारु समुदायको हककितका लागि ठूला दलहरु अनुदार रहेको भन्दै थारु कलस्टर निमार्ण गर्नका लागि सघाउन आग्रह गरेका थिए ।