२०८१ बैशाख ८ गते शनिवार

बबईको जलुकेमा पुल निर्माण गर्न माटो परिक्षण सुरु


बालकृष्ण पाण्डे,
हापुरे, वैशाख २२ । दाङको बबई गाउँपालिकामा निर्माणाधिन मनमोहन चक्रपथ अन्तरगत जलुके हुँदै हुरुम जानेबाटोमा पर्ने बबई नदीमा पक्किपुल निर्माण गर्न माटो परिक्षण सुरु भउको छ ।

गाउँपालिकाको गौरवको योजनाको रुपमा लिइएको करिब ४२ किलोमिटर लम्बाईमा निर्माण गरिने भनिएको चक्रपथको योजाना सार्थक पार्न यहाँ पुल निर्माण गर्न माटो परिक्षण सुरु भएको हो । त्यसका लागि गाउँपालिका अन्तरगत वडा नं. ५ को जलुकेस्थित बबई नदिमा माटो परिक्षणको काम सुरु भएको छ ।

गाउँपालिकाका ६ वटा वडाहरुलाई समेटेर चक्रपथ निर्माण गर्ने महत्वाकाँक्षी योजना गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाको वडा नं. २ बगाले चौतारा सितापुरबाट वडा नं. ५ को बबरपुर जलुके हुरुम, वडा नं. ७ को कालितरा कृष्णपुर,ढोलपुर,चरकमटिया, वडा नं. ६ को कटकुईया–कौशिलापुर हुँदै खिलतपुरसम्म र वडा नं. ४ को गुरुङ चौपारी, गैरिगाउँबाट वडा नं. ३ को धनुबास घट्टेखोलादेखि पुनः बगाले चक्रपथले जोड्ने योजना बनाइएको छ ।

४२ किमि लम्बाई युक्त चक्रपथको ट्रयाक खोल्ने तथा ग्राभेलको काम पुरा भइसकेको गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले बताएका छन् । मनमोहन चक्रपथ निर्माणसंगै बबई गाउँपालिका भित्रका ६ वटा वडाका नागरिकलाई गाउँपािलकाको केन्द्रसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *