२०७७ कार्तिक १३ गते बिहिवार

घोराहीमा विद्यार्थीको कुटाइवाट एक मजदुर गम्भीर घाइते


दाङ, वैशाख २० । दाङमा स्कूले विद्यार्थीको कुटपिट वाट एकजना मजदुर गम्भीर घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १७ रत्ननाथ माध्यामिक विद्यालय चौघेरामा कक्षा १० मा अध्यनरत १६ बर्षीय आषिश र १६ बर्षकै सुशिल चौधरीको कुटपिट बाट सोही ठाउँ निवासी २६ बर्षीय सुमन चौधरी गम्भीर घाइते भएका छन् ।

सामान्य विवाद पछि विद्यालयको भवन निर्माणको काम गर्दै आएका सुमनलाई आषिश र सुशिलले लाठीले टाउको, अनुहार तथा शरिरका विभिन्न भागमा आक्रमण गरि गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भिक उपचार पछि थप उपचारको लागि भैरहवा रेफर गरिएको प्रहरीले बताएको छ ।

विद्यालय समय १० ः४५ बजे मदजुर सुमनमाथि विद्यार्थीले निर्घात कुटपिट गरि फरार रहेको हुँदा उनीहरुको खोजी कार्य जारी रहेको डिएसपी शाहले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *