२०७७ कार्तिक ११ गते मङ्गलवार

गाई गोठमै पुगेर पशु विमा


जनक नेपाली,
दाङ, वैशाख १९ । बिहीवार विहान घोराही उप–महानगरपालिका वडा नं.१४ स्थित स्वर्गद्धारी आश्रमको गाइको गोठमा एक हुल मान्छे भेटिए । घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीसहित वडा नं. १३ का रविलाल घर्ती, वडा नं. १७ का खुशीराम चौधरी पनि साथमै थिए । गाउँका किसानसहित दुई चार जना पत्रकार पनि पुगेका । वडा अध्यक्षसहतिको टोली विहानै भगार पुगेको देखेरे स्थानीय गाउँलेहरु पनि आश्चार्यमा परे । त्यसपछि वडा अध्यक्ष डाँगीले त्यहाँ पुग्नेको उदेश्य प्रष्ट्याए । गाईको विमागर्न आएको भने ।

त्यो सुन्दा आश्रमका पन्डितहरु समेत दंग परे । पन्डित गोविन्द न्यौपानेले नसोचेको कुरा वडा अध्यक्ष आएर गर्न थालेको भन्दै खुसी साटे । गाईको विमा गर्नु सबैभन्दा पुण्य कर्म हुने न्यौपानेले बताए ।

आश्रममा रहेका ६०÷७० वटा गाईको विमा नगर्दा आफुहरुले स्थानीय किसानसंग गाली खानुपरेको पन्डित न्यौपानेले अनुभूति साटे । त्यसपछि पशुको विमा गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले घोराही १४ को सार्वजनिक स्थानमा पशुचौपया नियन्त्रणका लागि विमा कार्यक्रम सुरु गरेको जानकारी दिए ।

सार्वजनिक स्थलमा किसानले छोड्ने पशुचौपाया स्वयम किसानले नै पाल्ने वानीको विकास गराउँन पशुविमा कार्यक्रम सुरु गरेको अध्यक्ष डाँगीले बताए । साथै उनले वडा कार्यालयले सम्पुर्ण किसानको पशुचौपायाको विमा गराउँने अभियान संचालन गरेको जानकारी दिए । सरकारले पनि पशुविमाका लागि ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *