२०७७ कार्तिक ९ गते आइतवार

बुटवलमा टिप्परको ठक्करबाट किशोरीको मृत्यु

वैशाख १९ । बुटवलमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर निवासी १९ बर्षीया पुष्पा भण्डारीको टिप्परको ठक्कर वाट विहीवार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको लु ४५ प ७२३४ नम्वरको मोटरसाइकलमा सवार भण्डारीलाई एकैदिशा तर्फ आउँदै गरेको गरेको टिप्परले जितगढीमा ठक्कर दिएको हो। प्रहरीका अनुसार पुष्पाका बुवा घनश्याम भण्डारीले मोटरसाइकल चलाएका थिए ।

टिप्परको ठक्करबाट पुष्पाको घटनास्थलमै मृत्यु भएको र बुवा घनश्याम भने सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ठक्कर दिने टिप्पर भने यो खवर तयार पार्दा सम्म पहिचान गरिसकेको छैन । तर प्रहरीले लु २ ख १९०३ र लु १ ख ६२३३ नम्वरको टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *