२०८० मङ्सिर २२ गते शुक्रवार

अबको हप्तादिन भित्रै सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी

दाङ, असोज ९ । अबको हप्ता दिन भित्रै सरकारलाई पूर्णता दिने आन्तरिक कसरतमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी जुटेका छन् ।

असोज १५ गते भित्रै सरकारलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री चौधरी लागेको नेपाली काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

‘असोज १५ गते भित्रै सरकारलाई पूर्णता दिने कसरतमा मुख्यमन्त्री चौधरी लाग्नु भएको छ,’ उनले भने ।

यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीसहित पाँच र नेकपा माओबादी केन्द्रले तीन मन्त्रालय पाउने सहमति भएको चर्चा हुँदै आएको छ । त्यसो गर्दा मन्त्रालयको संख्या बढाएर १२ वटासम्म पु¥याउनु पर्ने हुन्छ ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका कार्यसमिति सभापति अमरसिंह पुनले भने मन्त्रालयको संख्या नबढाइ यथास्थितिमै सरकारलाई पूर्णता दिन निर्देश गरि सकेका छन् । लुम्बिनी सरकारको ब्ययभार थप्ने गरि मन्त्रालय टुकारेर सरारलाई पूर्ण दिन नहुने कुरा पुनले बताइ सकेका छन् ।

तर, भएको भनिएको पूर्व सहमति अनुसार आँफुले अब जसरीपनि दुई मन्त्रालय पाउनु पर्ने अडानमा माओबादी रहेको हुँदा सरकारलाई पूर्णता दिन मन्त्रालय बढाउनुको बिकल्प मुख्यमन्त्री चौधरीका सामु नरहेको स्रोत बताउँछ ।

वैशाख १४ गते डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुँदा दुई दलका बीचमा माओबादीले तीन मन्त्रालय र काँग्रेसले चार मन्त्रालय पाउने सहमति भएको माओबादी नेताहरुले बताउँदै आएका छन् ।

नेकपा माओबादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले पूर्व सहमति अनुसार आँफुहरु दुई मन्त्रालय पाउनु पर्ने बताए ।
माओबादीबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनलाई मन्त्री बनाउने भनेर पार्टीबाट नाम अनुमोदन गरि पठाइ सकेको महराले जानकारी दिए । हालसम्म मुख्यमन्त्री चौधरीसहित स्वास्थ्यमन्त्री राजु खनाल काँग्रेसबाट मन्त्रीमण्डलमा सामेल छन् । माओबादीबाट अर्थमन्त्री धनबहादुर मास्की मात्रै सामेल छन् ।

लुम्बिनी प्रदेशमा क्रियाशिल आठ दल तथा एक स्वतन्त्र सांसदसहित ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३ ९१० बाट निर्वाचित चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले वैशाख १५ गते शपथ लिएका थिए। चौधरीले बैशाख १९ गते विश्वासको मत लिएका थिए । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)र राप्रपाले भने बिश्वासको मत दिएका थिएनन् ।

हालसम्मको मन्त्रीमण्डल

१ डिल्लीबहादुर चौधरी    – नेपाली काँग्रेसबाट –मुख्यमन्त्रीका साथै खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय,  उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय । 

२ धनबहादुर मास्की – नेकपा माओबादी केन्द्र – अर्थ मन्त्री ।
३ राजु खनाल– नेपाली काँग्रेसबाट – स्वास्थ्य मन्त्री ।

४ सन्तोषकुमार पाण्डेय– लोकतान्त्रिक समाजबादी पार्टी – गृह मन्त्री ।
५–भण्डारीलाल अहिर – जनता समाजबादी पार्टी – कृषि तथा भूमि व्यस्था मन्त्री ।
६ चन्द्रकेश गुप्ता – जनता समाजबादी पार्टी – सामाजिक विकास मन्त्री ।
७ धर्मबहादुर चौधरी – नागरिक उन्मुक्ति पार्टी – भौतिक पूर्वाधार विकास मन्त्री ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *