२०७७ कार्तिक ५ गते बुधवार

सेल्फी लिदै गर्दा रेलले कुल्च्यो

बैशाख १९ । भारतमा सेल्फी लिदै गर्दा रेलले कुल्चेर तिन जनाको मृत्यु भएको छ । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजनालाई रेलले कुल्चिएको छ । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ ।

चारैजना रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको बताइएको छ । मृत्यु हुनेमा दुई जना १९ वर्षका र एक जना १८ वर्षका थिए ।

अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर सेल्फी लिनेक्रममा सबैभन्दा बढीको ज्यान भारतमा जाने गरेको तथ्यांक रहेको छ । एजेन्सी

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *