दाङ,असोज ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन ।
नेपाली कांग्रेसका नेता बस्नेतलाई मुख्यमन्त्री चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारको रुपमा बस्नेतलाई नियुक्त गरेका हुन ।
राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची–२ बमोजिम भदौ ३१ गते देखी लागू हुनेगरि प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको छ ।
बस्नेतले आइतबार पदभार समेत ग्रहण गरेका छन ।
बस्नेतले सहायक मन्त्री सरह सेवा सुविधा पाउनेछन ।
प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार