२०७७ कार्तिक ४ गते मङ्गलवार

आजिवन पानी वितरण गर्ने सपना छ – टेकराम

यमकला भुसाल,
तुलसीपुर,बैशाख १८ । “आउनुहोस,आउनुहोस चिसो पानी खाएर जान्ुहोस” बैशाख महिनाको प्रचण्ड गर्मिमा यसरी नै दैनिकी तुलसीपुरको विपि चोकमा बोलिरहन्छन तुलसीपुरका एक समाजसेवी टेकराम खड्का । उनले विगत एक दशक देखि तुलसीपुरको विपि चोकमा बसेर बाटो हिड्ने बटुवाहरुलाई निशुल्क चिसो पानी खुवाउदै आएका छन । यहाँ तुलसीपुर बजारमा सार्वजनिक धारा छैनन,कुवा छैनन । बैशाख, जेठको गर्मिको महिनामा पानी खान मन लाग्यो भने बोतलको पानी किन्नुपर्छ,नभए खाजा पसलमा पसेर पैसा खर्च गर्नुपर्छ । उनीहरुलाई केही भए पनि सुविधा होस भनी म हरेक वर्ष यहि चोकमा बसेर निशुल्क चिसो पानी बितरण गर्दे आएको छु–उनले भने ।

उनले पानी बितरण गर्ने आफ्नो कामलाई नै धर्मका रुपमा लिने गरेको र यस कार्यलाई निरन्तरता दिने बताए । उनले दैनिक १÷२जना कर्मचारी सहित आफु र आफ्नो परिवारलाई पनि खटाएर निशुल्क खानेपानी बितरण गर्दे आएको बताए । जहाँ पानी खाने बाटो हिड्ने बटुवा देखि स्कुले विद्यार्थीहरुको समेत दिनभर भिड लाग्ने गर्दछ । दैनिकी ५ हजार बढी मानिसलाई २५ सय लिटर बढी पानी खुवाउने गरेको छु,उनले भने ।

खड्काको सेवाले पानी पिउनकै लागी खाजा पसलहरुमा जानुपर्ने बाध्यता हटेको छ,बटुवा निशा रजौरेले भनिन । यस्तो बैशाख जेठको गर्मिमा यति चिसो पानी खान पाएको भन्दै अर्की बटुवा वर्षा गौतमले खुसी व्यक्त गरिन । हामीलाई पानी खुवाएर पुण्यको काम गर्नुभएको छ,हामी एकदमै हर्षित छौ–बटुवा पुरोस्त्तम रजौरेले भने ।

गर्मी महिना सुरु भएपछि खड्काले २,३ महिना सम्म निरन्तर पानी खुवाउने गरेका छन । बाचुञ्जेलसम्म यसरी नै पानी खुवाउने धोको छ,खड्काले भने । धर्म गर्न मन्दिर नै जानु पर्छ भन्ने छैन,बरु सेवा नै धर्म हो भन्ने सोचले गर्मी महिनामा निशुल्क पानी बितरण गरेर धर्म कमाउन उनले आग्रह गरे । २०६७ सालदेखि तुलसीपुरमा बसेर निशुल्क पानी वितरण गर्दे आएका समाजसेवी टेकराम खड्का तुलसीपुर स्थित एकान्त होटका सञ्चालक र होटल व्यवसायी समिती तुलसीपुरको अध्यक्ष समेत रहेका छन ।

 

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *