२०७७ कार्तिक ४ गते मङ्गलवार

सल्यानका एक शिक्षक मृत फेला

वैशाख १७ । सल्यानका एक जना शिक्षक मृत अबस्थामा फेला परेका छन् । जिल्लाको शारदा नगरपालिका १४ तुसारे निवासी ५० बर्षीय दिलबहादर गिरी मंगलवार घर निजकैको भिरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गिरी पानेखोला स्थित लक्ष्मी आधारभुत विद्यालयका शिक्षक हुन । गिरी वैशाख १४ गते सहकारी जान्छु भन्दै घरवाट निस्किएको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ । उक्त बेहोरा सहितको निवेदन दिदै गिरीको परिवार जनले प्रहरीलाई खोजिको लागि आग्रह गरेका थिए ।

‘ लडेर मृत्यु भएको हो कि भन्ने प्रारम्भिक अनुमान गरिएको छ, तर अनुसन्धान जारी नै छ,’ जिप्रका सल्यानका प्रमुख एवं डिएसपी विरेन्द्र शाहीले भने । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *