२०८१ बैशाख १३ गते बिहिवार

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना ५ जनाको मृत्यु

 


पाल्पा, वैशाख १६ । पाल्पामा सोमवार जन्ती सवार जीप दुर्घटना परि पाँच जनाको मृत्यु भएको छ ।
जिल्लाको निस्दी गाउँपालिका वडा नं. ७ चारघरे ज्यामिरेमा लु १ ज १९४१ नं. को जीप दुर्घटना हुँदा चालक बुद्धिलाल सोतीसहित पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ । अन्य चार जनाको भने यो खवर तयार पार्दासम्म सनाखद हुन सकेको छैन ।

घटनास्थल सदरमुकाम तानसेनदेखि झन्डै ५३ किलोमिटर दक्षिणपूर्वमा पर्छ । पाल्पा प्रहरीका अनुसार बेहुला बेहुली लगाएत अरु केही जन्ती भने हाम फालेर बाँच्न सफल भएका छन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *