तुलसीपुर, भदौ २७ । नेपाली काँग्रेसले बुहारीको बिहे गरिदिने तुलसीपुरका श्रेष्ठ दम्पत्तिलाई सम्मान गरेको छ ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका कार्य समितिले आयोजना गरेको तीज मिलन कार्यक्रममा तुलसीपुर – ६ शिखर कोलनीका शिबप्रशाद र बिना श्रेष्ठ दम्पत्तिलाई सम्मान गरेको हो । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, जिल्ला सभापति शंकर डाँगी लगाएतले श्रेष्ठ दम्पत्तिलाई सम्मान पत्रसहित सम्मान गरेका हुन ।
एक्ला छोरा सुबिन श्रेष्ठको चार बर्ष पहिले रोगका कारण मृत्यु भएपछि श्रेष्ठ दम्पत्तिले बुहारीको छोरी सरह बिबाह गरि दिएका थिए । त्यो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह भएको र एकल महिलालाई उर्जा प्रदान भएको बेहोरा काँग्रेसले श्रेष्ठ दम्पत्तिलाई दिएको सम्मान पत्रमा उल्लेख छ ।
सम्मान पछि नगर सभापति सुरेश हमाल, केन्द्रीय सदस्य गिरी, जिल्ला सभापति डाँगी लगाएतका बक्ताले काँग्रेसका संस्थापक नेता बिपीले समाज रुपान्तरणका साथै मुलुकको राजनीतिक परिवर्तनमा पनि उल्लेखनिय भूमिका निर्वाह गरेको हुँदा त्यस्तै सकारात्मक कार्य गरि समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आम कार्यकर्तालाई आग्रह गरेका थिए ।
कार्यक्रममा बिभिन्न रोगबाट पीडित एक महिला र पुरुषलाई नगरसमितिले आपसमा संकलन गरेको सहयोग रकमपनि हस्तान्तरण गरिएको थियो ।
तुलसीपुर – ५ की प्यारालाइसिश रोगबाट पीडित महिला साबित्रा गुरुङलाई ११ हजार र दिर्घ रोगबाट पीडित भइ उपचाररत बिपन्न परिवारका तुलसीपुर – १६ का देविलाल बिकलाई नगद दश हजार सहयोग हस्तान्तरण गरिएको थियो ।
तीजको दर खाने कार्यक्रम धेरै भड्किलो बनाउनु भन्दा समाजमा सकारात्मक सन्देश प्रवाह गरेका ब्यक्तिका साथै बिभिन्न रोगबाट पीडित महिला गुरुङ र अति बिपन्न परिवारका बिकको उपचार सहयोगार्थ नगर समितिले गरेको कार्य उदाहरणिय भएको भन्दै बक्ताहरुले प्रशंसा गरेका थिए ।
यस्तै साना तर उदाहरणिय र सकारात्मक कार्य गर्दै जाने हो भने बिपीले परिकल्पना गरे जस्तो समाजबाद स्थापना गर्न सहज हुने काँग्रेसका युवा नेता बिनिल केसीको जोड थियो ।
कार्यक्रममा मनतब्य राखेका मध्य लुम्बिनी प्रदेश सांसद शंकर गिरी, प्रदेश सदस्य जानका बस्नेत, जिल्ला सचिब बालिका लम्साल, नेतृ सुशिला सुेबेदी लगाएतका बक्ताले काँग्रेस भित्र समान अबसर प्राप्त गर्न आ–आफ्नो क्षेत्रबाट थप क्रियासिल हुनुपर्ने बताएका थिए ।
‘ पहिला अधिकार प्राप्तीका लागि महिला दिदी बहिनीले पार्टी भित्र आफ्नो अपरिहार्यता शिद्ध गर्न जरुरी छ,’ नेतृ बस्नेतले भनेकी थिइन ‘ पार्टीको आरक्षणमा मात्रै हैन हामी महिला दिदी बहिनीले हाम्रो अपरिहार्यतापनि शिद्ध गर्नु बुद्धिमानी हुने छ ।’
दाङ जिल्ला पार्टीमा इतिहासमै पहिलो महिला सचिव हुन सफल लम्सालले आफुलाई हरेक कुरामा प्रतिष्पर्धी बनाउँदै महिलाले अधिकार खोज्नु पर्ने र सहजै दिने अवस्था नभए त्यो अधिकार खोस्नका लागि आन्तरिक रुपमा प्रतिष्पर्धामा उत्रन तयार हुनु पर्ने बताइन ।
‘परापूर्वक कालदेखि नै समाजमा नारी शक्तिको सम्मान भएको थियो,’ लम्सालले भनेकी थिइन ‘रोजेको स्वामी पाउन पार्बती गरेको बिद्रोह त्यसको एउटा ज्वलन्त उदाहरण हो ।’
बिगतमा सम्बृद्धिकी प्रतिक देबी लक्ष्मी, शिक्षाकी प्रतिमुर्तीका रुपमा लिइने देबी सरस्वतीको अहिले पनि समाजमा ठूलो सम्मान हुने गरेपनि त्यो रुपमा पछिल्लो समय महिलाले सम्मान पाउनका लागि आफ्नो भूमिका महिला स्वएंमले बलियो बनाउन सक्नु पर्ने नेतृ सुबेदीले बताएकी थिइन ।
काँग्रेस दाङका यसअघिका सभापति कीर्तिबहादुर खड्का, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, दलित संघका लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र बिश्वकर्मा लगाएका बक्ताले पछिल्लो समामाजिक र मौलिक पर्व देखासिखीका कारण भड्किलो बन्दै जान थालेको हुँदा यस्ता पर्वलाई समाजलाई स्वीकार्य र पाच्चे हुने गरि मनाउन जरुरी रहेको जोड दिएका थिए ।
कार्यक्रममा नेताहरुले सामुहिक दार खानुका साथै र नाच गान गरि रमाइलो गरेका थिए ।