२०८२ मङ्सिर २३ गते मङ्गलवार

विपी कोइरालाको जन्मजयन्तीमा कांग्रेस दाङले अन्तर विद्यालय कविता प्रतियोगिता गर्ने

तुलसीपुर,भदौ १७ । नेपाली कांग्रेस दाङले महामावन विपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रम भदौ २४ गते कांग्रेस पार्टी कार्यालय घोराहीमा हुन लागेको नेपाली कांग्रेस दाङका सचिव बालिका लम्सालले जानकारी दिइन ।

महामानव विपी कोइराला ख.राष्ट्रियता ग. प्रजातन्त्र भन्ने कविताको शिर्षक रहेको उनले बताइन ।

कविता प्रतियोगितामा प्रथम विजेताले रु.१० हजार,द्धृतिय विजेताले रु.७ हजार,तृतिय विजेताले रु.५ हजार र सान्तोना विजेताले रु. ३ हजार रुपैया पुरस्कार हात पार्ने छन ।


साथै कार्यक्रम बिहान ११ बजे हुने नेपाली कांग्रेस दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *