२०८१ भाद्र २७ गते बिहिवार

खानेपानीलाई प्रालिमा लैजान खोजे मान्दैनौं – रानी जरुवाबासी


दाङ, वैशाख १४ । तुलसीपुरको रानी जरुवा क्षेत्रका स्थानीयले खानेपानीलाई प्रालिमा लैजान खोजे स्वीकार्य नहुने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ श्रद्धा टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रमका बक्ताहरुले शनिवार विहान त्यस्तो बताएका हुन । वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसीले सार्वजनिक पद धारण गरेको व्यक्तिले नै व्यक्तिगत लाभको लागि प्रालिको नेतृत्व गरेको भन्दै असन्तुष्टि जाहेर गरे । ‘ तुलसीपुरका मेयरपनि प्रालि गठन गर्दै कमाउ धन्दामा लाग्न खोजेको हल्ला व्याप्त बनेको छ,’ अध्यक्ष केसीले भने ‘ यदी यसमा उहाँको संलग्नता हो भने त्यो सही मान्न सकिदैन ।’

उनले शिक्षा, स्वास्थ्य, खानेपानी जनताले निशुल्क रुपमा पाउनु पर्छ भनेर वकालत गर्नुपर्ने निकाए नै प्रालि गठन र कमाउन धन्दामा लाग्दा राम्रो सन्देश नजाने स्पष्ट पारे ।

त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले पनि जिम्मेवार पदमा बसेको व्यक्तिले प्रालि खोल्न गलत हुने तर्क गरे । ‘ जनतावाट पैंशा उठाएर प्रालि खोल्न पाइदैन,’ अध्यक्ष शाहले भने ‘जनताको पैंशा लिएर व्यक्ति मालिक बन्न खोज्नु गलत हो।’ उनले प्रालि भएमा उनीहरुले निर्धारण गरेको रकम जनताले बाध्य भएर तिर्नुपर्ने परिस्थिति उत्पन्न हुने हुँदा प्रालि आवश्यक नरहेको दाबी गरे । ‘ एउटै वडाका बासिन्दामा भेदभाग गर्न मिल्दैन । माथि हराभरा र सुखसयल तर, रानी जरुवा क्षत्रका सर्वसाधारण पानीको लागि संधै दुःख अनि पीडामा बाँच्नुपर्ने,’ वडा अध्यक्ष शाहले प्रश्न गरे ।

त्यस्तै उनले खानेपानीको लागि आफुहरुले ५० लाख छुट्याउन माग गरेपनि गतवर्ष जम्मा १० लाख मात्रै छुट्याइएको भन्दै असन्तुष्टि पोखे । ‘त्यो १० लाख मध्य ४ लाख घटाएर ६ लाख मात्रै बजेट छ भनियो र अन्त्यमा त्यही रकमपनि गायव पार्ने षडेन्त्र भयो,’ वडा अध्यक्ष शाहले भने । त्यही भएर खानेपानी वितरणमा आफुले सोचे अनुरुप काम गर्न नसकेको उनको स्पष्ट पार्न खोजेका थिए । त्यस्तै उनले धाराको फारम लिदापनि रानी जरुवा क्षत्रका सर्वसाधारणलाई विभेद गरिएको भन्ने कुरा सुन्नमा आएको भन्दै उनले असन्तुष्टि जाहेर गरे ।

कार्यक्रममा श्रद्धा टोल विकास संस्थाका अध्यक्ष ओमलाल बुढाथोकीले केही जलमाफियाहरुले प्रालि गठन गर्न खोजेको हुँदा त्यसको विरोध गर्नु परेको बताए । प्रालि गठन गरेर व्यक्तिगत रुपमा लाभ लिन खोजेको भन्दै उनले तुलसीपुरका मेयर घनश्याम पाण्डेको आलोचना गरेका थिए । टोल विकास संस्थाका सचिव नवराज वलीले सर्वसाधारण जनतालाई योजना परेको छ भन्दै प्रालिको लागि नाप जोख गर्ने कार्य गरेर स्थानीय सरकाले आफ्नो चरित्र उदांगो पारेको बताए ।

स्थानीय एक ३४ बर्षीया गृहनी रीता वलीले अस्थायी तथा कच्ची ट्वाईलेट बनाउनेहरुको संख्या टोलमा अझैं रहेको हुँदा आफ्नो इनारमा फोहर र प्रदुशित पाउने आउने हुँदा त्यही खानु परेको भन्दै आक्रोस पोखिन । ‘ हाम्रै टोल रानी जरुवाको पानी माथि बजारमा लगेर वितरण गर्ने तर हामीलाई भने संधै पानीको हाहाकार हुने,’ वलीले आक्रो पोखिन ‘ त्यसमा पनि मेयर र खानेपानीका अध्यक्ष लगाएतका व्यक्ति प्रालि गठन गर्दैै कमाउ धन्दामा लाग्न खोज्ने।’ उनले पैंशा उठाउने हो भने जनताले आँफै डिपवोरिङ गेरर आफ्नो लागि आँफै पानीको व्यवस्थापन गर्न सक्ने बताइन ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *