काठमाडौँ ,भदौ १० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वाधार विकास समितिको सभापति पाएको छ।
सत्तारुढ गठबन्धनले आइतबार मध्यान्ह गरेको समझदारीअनुसार राप्रपाले पूर्वाधार विकास समितिको सभापति पाएको हो।
राप्रकापका गोविन्द तामाङले पूर्वाधार विकास समितिको सभापतिमा सत्तारुढ गठन्धनन्धले राप्रपालाई सहयोग गर्ने समझदारी बनेको जानकारी दिए।
संसद्मा राप्रकापका १४ सांसद छन्। सो समितिमा मकवानपुरबाट निर्वाचित सांसद राप्रपाले दीपक सिंहलाई उम्मेदवार बनाउने सम्भावना छ।
प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार