२०८२ माघ १० गते शनिवार

टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं ,भदौ ६ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ ।

नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको ठगी तथा संगठित अराध मुद्दाको अनुसन्धानमा रहेका रायमाझीलाई प्रतिनिधि सभाको आज (बुधबार) बसेको बैठकले निलम्बन गरेको हो ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख ३१ गते पक्राउ परेका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रायमाझीलाई निलम्बन गरिएको जनाकारी संसद्लाई गराएका छन्।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि उनलाई निलम्बन गरिएको गरिएको सभामुख घिमिरेले भने ।

नियमावलीमा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो अवधिभर निज निलम्बनमा रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *