२०८२ माघ ३ गते शनिवार

अवरुद्ध राष्ट्रियसभा खुलाउनेबारे अध्यक्ष तिमिल्सिनाले सचेतकसँग छलफल गर्दै

काठमाडौं,भदौ ४ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। बैठक सिंहदरवारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा सोमबार दिउँसो १ बजे बस्दैछ।

बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुने अध्यक्षको सचिवालयले जनाएको छ। अध्यक्षले लामो समयदेखि अवरुद्ध संसद सुचारु गर्नेबारे छलफल गर्न लागेका हुन्।

सुन तस्करी प्रकरणको छानबिनको लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झण्डै एक महिनादेखि सदन अवरुद्ध गरेको छ।

राष्ट्रियसभाको बैठक मंगलबारको लागि आह्वान गरिएको छ। सोही बैठक सञ्चालन गर्ने उपाय खोज्न तिमिल्सिनाले छलफल गर्न लागेका हुन्।

प्रतिनिधिसभाको अवरुद्ध बैठक पनि खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले पटक(पटक प्रयास गरेपनि विफल भएका छन्।

प्रमुख दलका सचेतक र नेताहरूसँग प्रचण्ड र घिमिरेले बेग्लाबेग्लै छलफल गर्दा पनि निकास निस्कन सकेन भने अवरुद्ध सदन खुलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई पनि उनीहरूले ध्यानाकर्षण गराएका थिए। राष्ट्रपति पौडेलले मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन्। त्योभन्दा अघि आजै प्रधानमन्त्रीको आह्वानमा पनि सर्वदलीय बैठक बस्दैछ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *