२०८२ पुष ३० गते बुधवार

प्रतिनिधिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाण्डौ,भदौ ३ । प्रतिनिधिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ।

संसद‍्‌को गतिरोध अन्त्य गर्ने विषयमा दलहरुबीच सहमति नजुेटपछि आइतबारका लागि बोलाइएको बैठक भदौ ५ गते मंगलबारसम्मका लागि स्थगित भएको हो।

संसद्‌को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले छुट्टाछुट्टै छलफल गरे पनि निष्कर्ष निस्किन सकेन। प्रधानमन्त्रीले संसद्को अवरोध हटाउने विषयमा राष्ट्रिय दलहरुसँग छलफल गरेका थिए भने सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *