२०८२ माघ १० गते शनिवार

पार्टी सुदृढिकरण आवश्यक छ ः नेता दहित

तुलसीपुर,साउन ३१ । गुटगत राजनितिका कारण कांगेस पार्टी कमजोर बन्दै गएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (ख) ले बुधवार शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित बैसामा आयोजना गरेको संगठन सुदृढिकरण बिशेष आन्तरिक अभियान कार्यक्रममा बोल्ने बक्ताहरुले गुट बलियो बनाउने क्रममा पार्टी नै कमजोर अवस्थामा पुगेको बताएका हुन । उनीहरुले संगठनलाई उर्जाशिल,चलायमान बनाउन केन्द्र देखी नै सुदृढिकरणको अभियान सञ्चालन गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (ख) का सभापति खिम बहादुर वलिको सभापतित्वमा भएको कार्यक्रमलाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.गोपाल दहितले पार्टी सुदृढिकरण आवश्यक रहेको बताए । उनले नेता–कार्यकर्ता र युवा कमिटिलाई समेट्ने र पार्टीलाई राष्ट्रिय स्तरमा स्थापित बनाउने मुख्य उद्देश्यले केन्द्रिय कमिटिले देशैभर विशेष आन्तरिक अभियान सञ्चालन गरेको बताए ।

उनले पार्टीको बिशेष आन्तरिक अभियानले पार्टीका नेतृत्व र कार्यकर्ताहरु वीचको सम्बन्ध मजबुद बनाउन महत्वपुर्ण भुमिका खेल्ने विस्वास व्यक्त गरे । उनले पार्टीको निर्देशन अनुसार सञ्चालन हुने बिशेष अभियानमा दुबिधामा नपर्न आग्रह गरे । त्यस्तै उनले जिल्ला तह देखि वडा र टोल तहसम्म अपुर्ण रहेको समितिलाई पुर्णता दिइ सबै विवरण जिल्ला समितिलाई पठाउन निर्देशन दिए ।

देशभरीबाट सबै विवरण प्राप्त गरिसकेपछि केन्द्रीय समितिले आफ्ना सुचना,निणर्य,कार्यक्रमहरु एकैपटक सबै नेता कार्यकर्तालाई एउटै म्यासेजबाट खबर पु¥याउने सयन्त्र तयार गर्न लागेको समेत जानकारी गराए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले पार्टीलाई बलियो बनाउने दिशामा हिड्न सबैलाई आग्रह गरे । ‘सबैभन्दा पहिले एकले अर्कालाई आक्षेप लगाउने र गुटगत राजनितिका कुराहरु बन्द गर्नुस,उनले भने,‘तब मात्र पार्टी बलियो बन्छ ।’ उनले पार्टीलाई चलायमान बनाउन गतिविधिहरुलाई बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाली कांग्रेस बाँकेका पुर्व पार्टी सभापति एवं पुर्व मन्त्री गजेन्द्र हमालले आन्तरिक अभियानलाई टोल कमिटिसम्म लैजान सकेमा मात्र पार्टीलाई अगाडी बढाउन सकिने तर्क गरे । उनले जिल्लामा रहेका महिला सघं,तरुणदल,नेविसघं जस्ता विभिन्न सगंठनहरुलाई पुर्नर गठन गरि परिचालन गर्न आग्रह गरे ।

कार्यक्रममा संविधान सभा सदस्य बुद्धीराम भण्डारी,नेपाली कांग्रेस दाङका पुर्व जिल्ला सभापति कृतिबहादुर खड्का,पुर्व जिल्ला विकास समिति दाङका अध्यक्ष भरत केसी,महाधिवेशन प्रतिनिधि देवा डाँगी,गोविन्द बहादुर शाह,टिका घर्तीले केन्द्रिय नेताहरुको आपसी लडाई र विभेदले गाउँ तहका कार्यकर्ताहरुमा ठुलो असर परिरहेको बताए । उनीहरुले नेपाली कांग्रेस पार्टी एमाले र माओवादीको द्धन्द्धबाट माथी उठ्न जरुरी रहेको बताए ।

कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शभ्भु गिरी,बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री,शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत,नेपाली कांग्रेस शान्तिनगर गाउँपालिका सभापति झलक केसी,शान्तिनगर गाउँपालिका वडा नं. ३ का सभापति पार्वती पुन लगाएतले फरक परिवेशले पार्टीका गतिविधिलाई जनता माझँ लैजान सकेमा मात्र बिशेष अभियानले सार्थकता पाउने धारणा राखे ।

उनीहरुले पार्टी भित्रका कमी कमजोरीलाई सुधार गर्दै विपीका सिद्धान्तलाई टेकेर अघि बढ्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस क्षेत्र नं. ३ ख का सचिव भद्र खड्काले गरेका थिए ।

यसैबिच बुधवार नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (क ) ले पनि तुलसीपुरमा संगठन सुदृढिकरण बिशेष आन्तरिक अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

क्षेत्र नं. ३ क मा उसभापति पुष्पराज गिरी सभापतित्व एव केन्द्रिय सदस्य गोपाल दहितको प्रमुख आतिथ्यता तथा , प्रदेश प्रतिनिधि रवि विश्वकर्माको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा क्षेत्रीय सभापति जगतबहादुर खड्का, दलित संघ लुम्विनीका सभापति जोगेन्द्र विश्वकर्मा महिला नेतृ सुष्मा लामिछाने गिरी, विद्यार्थी नेता अरुण लहरे, तुलसीपुर–१३ का इकाइ सभापति चेतकान्त योगी लगायतले काँग्रेसको संगठन सुदृटिकरणमा सवै लाग्नु पर्ने बताएका थिए ।

प्रदेश प्रतिनिधि चुर्णबहादुर चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा धन्यवाद मन्तव्य प्रदेश सहसचिव रञ्जनकुमार गौतमले दिएका थिए भने कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस क्षेत्र नं. ३ क का सचिव तेजबहादुर डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *