२०८२ पुष ३० गते बुधवार

भ्रष्टाचारका मुद्दा टुङ्गोमा पु¥याउने गरी सरकारले काम गरिरहेको छ ः मन्त्री शर्मा

दाङ,साउन ३१ । सरकारका प्रवक्ता एवं सूचना सञ्चार प्रविधि मन्त्री रेखा शर्माले भ्रष्टाचारका मुद्दा टुङ्गोमा पु¥याउने गरी सरकारले काम गरिरहेको बताएकी छन ।

बुधबार प्रेस सेन्टर दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले राज्य सञ्चालकहरूबाटै विगतमा भएका गल्ती कमजोरीका कारण देशमा सुशासन स्थापना हुन नसकेको बताएकी हुन ।

उनले भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम ढंगले अगाडि बढेको समेत बताइन् । भ्रष्टाचारका ठूला मुद्दामा पूर्व विशिष्टहरू समेतको नाम आएको र उनीहरूलाई उन्मुक्ति दिने कुरा बजार हल्ला मात्रै भएको समेत स्पष्ट पारिन् ।

उनले भनिन्,‘ जो सुकै पार्टीका जुनसुकै व्यक्तिका बारेमा पछि छानविन गर्न र उनीहरूलाई कानुनको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी राख्दैन् ।’ उनका अनुसार हिजोका दिनमा को पर्दैछ, भन्ने कुराहरूमा निर्धारण गरिएको देखिन्थ्यो । तर, अहिले त्यस्तो छैन् ।

ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयहरू पुराना विषयहरू भएको भन्दै उनले यसमा राज्यको निकायले गम्भीरता पूर्वक अनुसन्धान गरिरहेको समेत उल्लेख गरिन् । यस्तै अनुसन्धान भइरहेको कुराहरू बाहिर ल्याउन राम्रो नहुने भन्दै उनले अनुसन्धान प्रभावित हुने पनि बताइन् ।

उनले सरकार सञ्चालकहरूले गर्ने गल्ती कमजोरीका कारण व्यवस्था माथि नै प्रश्न उठ्ने गरेको भन्दै सबैको सहयोगबाट परिवर्तन भएको व्यवस्थाबाट आम नागरिकको अवस्था परिवर्तन गर्न सबै एक भएर लाग्नु पर्ने उल्लेख गरिन् ।

सबैको साझा स्वरुप हामीले यो ब्यवस्था परिवर्तन गरेको थियौँ । तर, जनताको अवस्था परिवर्तन हुन सकेन । जनताको अवस्था परिवर्तन हुन नसक्नुको कारण मध्य हामीले सरकार सञ्चालन गर्दा भएका कमीकमजोरी पनि हुन् । ति सबै कमीकमजोरीलाई आत्मा साथ गर्दै खोज्नु पर्छ,‘ उनले भनिन् ।

उनले लोकतन्त्रको विकल्प भनेको सुदृढ लोकतन्त्र भएको भन्दै संघीय लोकतन्त्रको विकल्प अर्को कुनै निरङ्कुशता नहुने समेत स्पष्ट पारिन् ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *