२०८२ माघ ४ गते आइतवार

एमाले केन्द्रीय समितिबाट बाहिरिए केशव स्थापित

काठमाडौँ,साउन ३० । नेकपा एमालेले केशव स्थापितलाई केन्द्रीय सदस्यबाट हटाएको छ।

स्थापितले आफूलाई केन्द्रिय सदस्यबाट हटाउन आग्रह गरेका थिए। सो आधारमा सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई पार्टीको केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको हो।

गत वर्ष वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएपछि स्थापित पार्टीमा निष्क्रिय रहेका थिए।

त्यसैगरी सोमबारको बैठकले अर्का नेता प्रमोद नारायण यादवलाई पनि केन्द्रिय सदस्यबाट हटाएको छ।

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *