२०८२ माघ १० गते शनिवार

सामान्य प्रशासन मन्त्री अनितादेवी साहले लिइन शपथ

काठमाडौँ ,साउन २९ । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।


शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका अध्यक्षसहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । माओवादी केन्द्रले अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतबाट अनितादेवी साहलाई मन्त्री बनाएको हो ।

यससँगै सरकारबाट एक पटक बाहिरिएको जनमतको पुनः इन्ट्री भएको छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *