२०८२ माघ ४ गते आइतवार

प्रदेश सभाको सचिवमा पुनः पुन

दाङ,साउन २८ । लुम्विनी प्रदेश सभाको सचिवमा पुनः दुर्लभ कुमार पुन नियुक्त भएका छन ।

सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले पुनलाई नियुक्त गरेका हुन ।

नेपालको संविधानको धारा १९५ वमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन । यस अघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन ।

सुदुर पश्चिम प्रदेशको कैलालीमा जन्मीएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत भई १७ वर्ष राजनीतिकमा सक्रिय थिए ।

४८ वर्षिय पुन नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीतिशास्त्रमा पनि स्नातकोत्तर उर्तिण गरेका छन ।

उनी ६ वर्ष कानुन व्यवसायमा संलग्न रहेका पुनसंग पत्रकारिताको पनि अनुभव छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *