काठमाडौं,साउन २८। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।
यसअघि शनिवार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ ।
नक्कली सर्टिफिकेट प्रकरणमा डा. शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।
प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार