तुलसीपुर,साउन २४ । नेपाली कांग्रेसका पुर्वमन्त्री गजेन्द्र हमालले नेपाली कांग्रेसले पढेलेखेका युवाहरुलाई समेट्न सके मात्र पार्टी बलियो बन्ने बताएका छन ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले बुधवार तुलसीपुरमा आयोजना गरेको संगठन सुदृढीकरण बिशेष आन्तरिक अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने,”पार्टीलाई बलियो बनाउन र टिकाई राख्न युवा नेतृत्वको आवश्यक पर्ने भएकाले युवाशक्तीलाई समेट्न जरुरी छ । “
हमालले पार्टी भित्र भएका विवाद र गतल क्रियाकलापलाई सच्याउन सकेमा मात्र सगंठनलाई अगाडी बढाउन सकिने तर्क गरे ।
उनले कांग्रेसका वडा र पालिका तहमा चुनाव जितेर पदिय जिम्मेवारी सम्हालेका व्यक्तीहरु विदेश पलायन भैरहेको भन्दै त्यस्ता व्यक्तीको ठाउँमा नयाँ नेतृत्वलाई स्थान दिनुपर्ने बताए ।
‘पार्टीका लागि दिनरात नभनी रगत पसिना बगाउने व्यक्तीहरुलाई अघि नसारी गुट उपगुटको नाममा आफ्ना नजिकका व्यक्तीलाई चुनाव जिताउने प्रवृतिले पार्टीलाई ठुलो परिरहेको छ,मन्त्री हमालले भने ।’
त्यस्तै उनले अहिले सम्म हुन नसकेको महासमितिको चुनाव तत्काल गराउन आग्रह समेत गरे ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका पुर्व जिल्ला सभापति कृतिबहादुर खड्काले नेपाली कांग्रेस अनुसासन विहिन भएको भन्दै यसलाई बचाउन जरुरी रहेको बताए ।
‘पार्टीका नेता देखि कार्यकर्तासम्मका व्यक्तीहरुमा अनुसासन हराउदैँ गएको छ,पार्टीलाई बलियो बनाउन समयमै सच्चिन आवश्यक छ,उनले भने,हामी जबसम्म आफुले आफैलाई बुझ्दैनौ तब सम्म पार्टी बलियो हुनै सक्दैन ।’
कार्यक्रममा महाधिवेशन प्रतिनिधि युवराज खड्का,देवा डाँगी,चित्रा केसी,नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य,नेका दाङ क्षेत्र न.३ क का सभापति देबेन्द्र रिजाल,३ ख का सभाति खिमबहादुर वलि,तुलसीपुर नगर सभापति सुरेश हमाल,बबई गाउँपालिका सभापति सम्भु गिरी,बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री,शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत,नेपाली कांग्रेस शान्तिनगर गाउँपालिका सभापति झलक केसी लगाएतले पार्टी भित्रको बितृश्णा मौलाउदैँ गएको भन्दै त्यसलाई रोक्न सबै एक्यबद्ध भएर लाग्नुपर्ने बताए ।
उनीहरुले पार्टीलाई सुदृढ बनाउनका लागि वडा तह देखि नै यस्ता खालका अभियानहरु सञ्चालन गर्नुपर्ने धारणा राखे ।
उक्त कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सचिव पुर्ण केसीले गरेका थिए ।