दाङ, साउन २३ । आँफैलाई जन्मदिने आमाको हत्या गरेको अभियोगमा सल्यानमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको शारदा नगरपालिका वडा नं. १३ सल्यानचौरका २३ बर्षीय छोरा नबिन भण्डारीले आफ्नै ४८ बर्षीया आमा शारदा भण्डारीलाई आफ्नै घरमा सुतिरहेको समयमा लाठी प्रहार गरि हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
आफ्नै घरको दोस्रो तलामा सुतिरहेकी आमा शारदालाई मंगलबार बिहान चार बजेतिर नबिनले लाठी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बुवा–आमा सुतिरहेको समयमा छोराले आमालाई लाठी प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले बिहान ६ बजे त्यसबारे प्रहरीलाई सूचना प्राप्त भएको र साढे ६ बजेतिर आमाको हत्या आरोपी छोरालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।