२०७७ मङ्सिर १४ गते आइतवार

प्रदेश नम्बर १ महिला क्रिकेटको फाइनलमा


लक्ष्मण बस्नेत
दाङ, बैशाख ९ ।
प्रदेश नम्बर १ आठौं राष्ट्रिय खेलकुद महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दाङ लमही क्रिकेट खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै प्रदेश नम्बर १ ले फाइनल यात्रा तय गरेको हो ।

टस जितेर व्याटिङ रोजेको सुदुरपश्चिम प्रदेश २० ओभरमा ७ विकेट गुमाउँदै ८० रन जोडेको हो । सुदुरपश्चिम प्रदेशकी विन्दु रावल नट आउट २६, कविता जोशी ११ रन नटआउट योग्दान दिइन् । बलिङतर्फ प्रदेश नम्बर १ निग्मा तामाङले २ विकेट, रुविना क्षेत्री, सवनम राई र संगीता राईले समान १÷१ विकेट लिए ।

८१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश नम्बर १ ले १३ दशमलव ४ ओभरमा लक्ष्य पूरा ग¥यो । प्रदेश नम्बर १ का तर्फबाट रुविना क्षेत्रीले सर्वाधिक नट आउट ४३ र रोमाको थापा नटआउट २१ रनको योग्दानले प्रदेश १ ले विजय लक्ष्य हासिल गरेको हो । सुदुरपश्चिम प्रदेशकी कविता जोशीले २ विकेट लिइन् । उमन अफ द म्याच रुविना क्षेत्री भइन् ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *