२०८१ भाद्र २३ गते आइतवार

चर्च र पाँचतारे होटलमा बिस्फोट हुँदा कम्तीमा १२२ को मृत्यु

कोलोम्बो, वैशाख ८ । श्रीलंकाको राजधानी कोलोम्बोमा चर्च र पाँचतारे होटलहरूमा बम बिस्फोट भएका छन्।

आइतबार बिहान श्रृंखलावद्ध रूपमा भएको बम बिस्फोटमा परी कम्तीमा १२२ जनाको मृत्यु भएको छ भने झन्डै तीन सय जना घाइते भएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।

कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो। इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो चाडमध्येको एक हो।

दुई ओटा पाँचतारे होटलमा पनि बम बिस्फोट भएको जनाइएको छ। राजधानी कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा बम बिस्फोट भएको हो।

उक्त बम बिस्फोटबाट मृत्यु हुने र घाइते हुनेमा विदेशी पर्यटक पनि रहेको बताइएको छ। एजेन्सी

प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *