२०७७ कार्तिक ९ गते आइतवार

महिला फूटबलमा प्रदेश नं. ३ ले ७ लाई र २ ले ५लाई जित्यो

बेलझुण्डी रंगशाला भएको फुटबल खेल। तस्बिर : राजेश खत्री

लक्ष्मण बस्नेत,
दाङ, बैशाख ५ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ महिला फुटवल टिमले दोश्रो जित निकालेको छ । दाङमा बुधवारदेखि शुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा अन्तर्गत तेश्रो खेलमा प्रदेश नं. ५ लाई १ विरुद्ध ३ गोल गर्दै प्रदेश नं. २ बिजयी भएको हो ।

घोराहीको भरतपुर खेलकुद मैदानमा भएको प्रतियोगितामा प्रदेश नं. २ को जितका लागि जर्सी नं. ११ कि रजनी ठोकरले, जर्सी नं. ५ कि सजनी ठोकर र जर्सी नं. ७ कि दिलकुमारी रानाले समान १/१ गोल गरे ।

प्रदेश नं. ५ कातर्फवाट जर्सी नं. १० कि खेलाडी ममता पुनले सान्त्वना १ गोल फर्काएकी थिइन। बिहिवार नै भएको दोश्रो खेल प्रदेश नं. ३ ले जित हात पारेको छ ।

बेलझुण्डी रंगशाला भएको फुटबल खेल। तस्बिर : राजेश खत्री

यस्तै बेलझुण्डी रंगशाला भएको खेलमा प्रदेश न. ३ जर्सी न. ७ कि खेलाडी मनिशा थापा मगरले खेलको पहिलो हाफ्को १४ औ र दोश्रो हाफ्को अन्त्यमा पेनाल्टी अबसरलाई सदुपयोग गर्दै दोश्रो गोल गरिन । प्रतियोगिता अन्तरगत भोलि नेपाल प्रहरी र प्रदेश न. ५ त्यस्तै प्रदेश न. २ र ३ बिच खेल हुनेछ।

११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि दश वटा महिला फुटवल टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गतका दाङ र कपिलवस्तुमा लिग अन्तर्गतका खेलहरु भईरहेका छन ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *