२०८३ बैशाख १५ गते मङ्गलवार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौँ,असार २७ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि सुरु हुँदैछ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बारहीमा आज बिहान ९ बजे बस्न लागेकाे हाे।

देउवाले केन्द्रीय समितिको बैठकका अजेन्डा तय गर्न पदाधिकारीसहितका शीर्ष नेताहरूको बैठक बोलाएका हुन्। बैठकमा एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गरिनेछ।

यसैगरी, आजकाे बैठकमा केही नेताहरूले पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको निलम्बनको विषयलाई उठाउने तयारी गरेकाे बताइएकाे छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाण पक्राउ पर्नेबित्तिकै पार्टीभित्र नै उनलाई निलम्बन गर्नुपर्ने माग उठेपनि सभापति देउवाकाे कारण निर्णय हुन सकेकाे थिएन।

खाण वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका छन्। उनलाई निलम्बन नगरेकाे भन्दै पार्टीकाे चाैतर्फी आलाेचना हुँदै आएकाे छ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *