काठमाडौं,असार २२ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ गराएका हुन ।
थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरे । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन ।
माओेवादी केन्द्रबाट जीवन आचार्यलाई मन्त्री बनाउने तयारी भए पछि विवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ समेत रहेका आचार्य यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।
थापालाई मुख्यमन्त्री बनाउन हिजो सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेका थिए । यसको चौतर्फी आलोचना भइरहेको छ ।
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार