२०८२ माघ १० गते शनिवार

कांग्रेस जिल्ला सभापतिहरुको भेला आज पनि जारी रहने

काठमाडौं,असार २२ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक आज पनि जारी रहने छ।

केन्द्रीय कार्यालयले आयोजना गरेको जिल्ला सभापतिहरुको दोस्रो दिनको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी रहने नेपाली नेपाली कांग्रेसले जनाएको छ।

बिहीबारको पहिलो दिनको बैठकमा बोल्न बाँकी सभापतिहरुले आज आफ्ना धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक सचिव डा। प्रदीप पराजुलीले जानकारी दिए।

पार्टीको क्रियाशील सदस्यता वितरणबारे छलफल गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा जिल्ला सभापतिहरूको भेला पहिलोपटक आयोजना गरिएको हो।

आगामी असार २७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठक अगाडि राखिएको जिल्ला सभापतिहरुको भेलाबाट पार्टीमा उत्साह बढेको नेताहरुले दाबी गरेका छन्।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *