काठमाडौं ,असार २१ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।आज दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए।
बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए।
गत सोमबार प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो।
प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार