२०८२ माघ १० गते शनिवार

कांग्रेस जिल्ला सभापतिहरूको भेला आज


काठमाडौं,असार २१ । सत्तारूढ नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला आज बस्दैछ।

दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय पनि बैठकको कार्यसूचीकारूपमा अघि सारिएको छ।

जिल्ला सभापतिहरूको भेलामा पार्टी संचालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय पनि छलफल हुनेछन्।

यसैबीच पार्टीका महामन्त्री गगनकुमार थापाले तीन दिनअघि नै सूचना जारी गर्दै विवरणसहित उपस्थित हुन भनेका थिए।

‘आफ्नो जिल्लाअन्तर्गतका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति÷प्रदेश सभा क्षेत्रीय कार्यसमिति/गाउँ, नगर पालिका कार्यसमिति/वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नं.,त्यस जिल्लामा वडा तहदेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरू कुन-कुन तहको सम्मेलन सम्पन्न भए, कुन-कुनको हुन वाँकी छ सो को विवरण र योजना समेत लिई उपस्थित हुनुहोला,’ उनले सूचनामा भनेका थिए।

यसैबीच कांग्रेसले एकवर्षपछि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक असार २७ गते काठमाडौंमा बस्नेछ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *