२०८२ माघ १ गते बिहिवार

ज्ञानज्योति मावि देशकै १० औं उत्कृष्ट स्थानमा

तुलसीपुर,असार २० । दाङको तुलसीपुरस्थित ज्ञानज्योति मावि देशकै १० औं उत्कृष्टमा परेको छ । मुलुकभरबाट छनोट गरिएका ८ हजार ८ सय ६ मावि मध्ये ज्ञानज्योति उत्कृष्ट १० औं स्थानमा पर्न सफल भएको छ ।

भौतिक पुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गर्दा ज्ञानज्योति मावि उत्कृष्ट १० मा परेको हो ।

छनौट प्रक्रियामा सम्पूर्ण माविहरुमध्ये ५ सय बढी विद्यार्थी हुने माविलाई पहिलो मापदण्ड बनाइएको थियो । त्यसबाट छनौट भएका ८० माविहरुमध्ये कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका २० वटा माविहरु छनौट भएका थिए । त्यसपछिको छनौट भएका माविहरुलाई भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, र हालसम्मको शैक्षिक उपलब्धी, हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट मावि अवार्ड, प्लस टु अध्यापन गराउन थालेको वर्ष र नागरिकहरुमा परेको प्रभावमा प्रतिस्पर्धा गराइएको थियो ।

जसमा नतिजालाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४/४ प्रतिशत अंक निर्धारण गरिएको थियो । ती सबै जोडेर कूल अंकका आधारमा अब्बल माविको सूची तयार पारिएको हो । जसमा ज्ञानज्योतिले १० औं स्थान हासिल गर्न सफल भएको छ ।

ज्ञानज्योतिलाई स्थापनाको दोस्रो वर्ष २०६७ सालमै शिक्षा मन्त्रालयले उत्कृष्ट माविको उपाधिसहित पुरस्कार समेत प्रदान गरिसकेको छ । यो मावि गुणस्तरीय र आत्मनिर्भर शिक्षा प्रदान गर्ने तथा पढ्ने इच्छा तथा क्षमता भएका कुनै पनि विद्यार्थी आर्थिक अभावको कारणले पढाइबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रमुख उद्देश्यसहित २०६५ सालमा स्थापना भएको विद्यालयका हो ।

विद्यालय हालसम्म उत्कृष्ट विद्यालय पुरस्कार २०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४ र २०७५ मा निरन्त सम्मानित हुनुका साथै २०७९ सालमा देशकै उत्कृष्ट १५ माविमा छनोट भएको थियो । १ वर्षपछि देशै उत्कृष्ट १० औ माविमा ज्ञानज्योति छनोट भएको हो ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *