२०८१ असोज ३ गते बिहिवार

पुलिस,आर्मी र ७ नं. प्रदेश बासकेटबलको सेमिफाईलनमा प्रवेश

लक्ष्मण बस्नेत,
दाङ,२ बैषाख । दाङमा जारी आठौं राष्ट्रिय खेलुकट प्रतियोगिता अन्तरगतको बास्केटबलमा मंगलवार सेमिफाईलन चरणका खेलहरु हुन थालेका छन् ।  प्रतियोगिता वाट नेपाल पुलिस, नेपाल आर्मी, प्रदेश नं ७ र प्रदेश नं.३ दाङमा जारी महिला राष्ट्रिय बास्केटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको क्वाटर फाइनलमा जित निकाल्दै नेपाल पुलिस, नेपाल आर्मी, प्रदेश नं. ७ र प्रदेश नं ३ ले सेमिफाईनलको यात्रा तय गरेका हुन् ।

घोराहीमा सोमवार भएको रोमाञ्चक खेलमा प्रदेश नं ३ ले प्रदेश नं ५ लाई १२ का विरुद्ध ४७ स्कोर गर्दै सेमिफाईनल यात्रा तय ग¥यो भने गण्डकी प्रदेशलाई ३१ का विरुद्ध ५९ स्कोर गर्दै नेपाल आर्मीले सेमिफाइनलमा प्रदेश नं. ३ संग भेट पक्का गरेको हो ।

त्यस्तै प्रदेश नं. १ लाई २९ का विरुद्ध ३३ स्कोर निकाल्दै प्रदेश नं. ७ ले सेमिफाइनल यात्रा तय गर्न सफल भयो । त्यसैगरी सशस्त्र प्रहरीको एपीएफलाई ३५ का विरुद्ध ५७ अंक स्कोरले पछि पार्दै नेपाल पुलिसले सेमिफाइनल भिडन्तमा प्रदेश न. ७ संगको भेट पक्का गरेको हो ।

अब मंगलबार विहान हुने सेमिफाइनल खेलमा प्रदेश नं.३ र नेपाल आर्मी, प्रदेश नं.७ र नेपाल पुलिस भिड्ने छन । खेल विहान साढे ६ बजे बाट सुरु हुने दाङ जिल्ला बास्केटबल संघका अध्यक्ष विपिन केसीले जानकारी दिए । त्यस्तै पुरुष राष्ट्रिय बास्केटबल तर्फ नेपाल पुलिस, नेपाल आर्मी,प्रदेश नं. ३ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटर फाइनल खेलमा प्रदेश नं. १ लाई ५५ का विरुद्ध ७६अंक स्कोरले पराजित गर्दै नेपाल आर्मीले सेमिफाइनल यात्रा तय ग¥यो भने सशस्त्र प्रहरीको एपिएफलाई ५१ का विरुद्ध ६० अंक स्कोरले पराजित गर्दै प्रदेश नं ३ ले सेमिफाइनलमा नेपाल आर्मीसंग भेट पक्का ग¥यो ।

त्यसैगरी प्रदेश नं. ५ लाई ४२ का विरुद्ध ६८ स्कोरले पराजित गर्दै नेपाल पुलिसले सेमिफाइनल यात्रा सुरक्षित गरेको छ भने प्रदेश नं. ७ लाई ४४ का विरुद्ध ७५ स्कोर गर्दै गण्डकी प्रदेशले सेमिफाईनल भिडन्तमा नेपाल पुलिस संग भेट सुनिश्चित गरेको हो ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता ‘हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा’ भन्ने मुल नाराका साथ खेल जारी रहेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *