तुलसीपुर,असार १४ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको कार्यसमिति विस्तार भएको छ ।
लामो समयदेखि विस्तार हुन नसकेको तरुण दलको कांग्रेस सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ समितिलाई विस्तार गरेका हुन् । देउवाले एकैपटक चार सय जना जनालाई तरुण दलको केन्द्रिय सदस्यमा मनोनयन गरेका हुन् । मनोनितहरुलाई प्रदेश र जिल्लाबाट छनोट गरिएको छ ।
यसैबिच दाङबाट तरुण दलको केन्द्रिय सदस्यमा १० जना मनोनित भएका छन ।
जसमा पवन यादव,हरिचन्द्र भण्डारी,सरोज शाह,सानुवावु खड्का,चेतन राना,मीनबहादुर शाही,पवन आचार्य,इन्द्रमणि न्यौपाने (अनिल),श्रीधर न्यौपाने (सनत),सुधिर भण्डारी रहेका छन ।
प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार