२०८२ चैत्र २ गते सोमवार

सरस्वती माध्यमिक विद्यालयमा बृत्ति—मार्ग निर्देशन कार्यक्रम शुरु


दाङ, असार ७ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर काठेकोहलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम बिहिबारदेखि शुरु भएको छ ।

घोराही उपमहानगरपालिकाको आयोजना एंव दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाको सहयोगमा माध्यमिक तहको पढाईको शुरुमै कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले वृत्ति–मार्गनिर्देशन कार्यक्रम शुरु गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनका लागि छनौट गरिएका वृत्ति मार्ग निर्देशक शिक्षक मार्फत कक्षा ९ मा ६ दिने र ती विद्यार्थीहरु १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ ।

सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको सभापतित्व एंव दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाका ज्ञानु चौधरीको प्रमुख आतिथ्यतमा भएको तािलम उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि चौधरीले आफ्नो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीहरुमा थुप्रै समस्या आएपछि विद्यार्थीहरुमा वृत्तिबारे र आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउने उद्देश्यले बृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयन गरिएको बताए ।

वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई विद्यार्थीहरुको क्षमताको पहिचान, रुचि र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइने विद्यालयले जनाएको छ ।

 सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यान्वयनमा ल्याएको बृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो लागि सही वृत्ति छान्ने गरेको,बृत्ति–विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफुले छनौट गरेको वृत्तिपथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्ति–विकासको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने पाइएको जनाइएको छ । 

तालिमको प्रशिक्षकहरुमा वृत्ति मार्ग निर्देशक शिक्षकद्धय हेमराज शर्मा र माधव पौडेल रहेका छन ।

कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई दुइ वटा समूहमा बिभाजन गरि तालिम दिन शुरु गरिएको विद्यालयले जनाएको छ । तालिममा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *