२०८३ मङ्सिर १३ गते शनिवार

ट्रयाक्टर दुर्घटनामा परि ३ जनाको मृत्यु, ४ जना घाइते

दाङ, मंसिर १२ ।

बाजुरामा ट्रयाक्टर पाँच सय मिटर मुनी खस्दा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते छन् ।

जिल्लाको  जगन्नाथ गाउँपालिका – ३ मनिकाँडाका  ४५ बर्षीय धनरुप शाही, ३५ बर्षीय  धर्म शाही  र ५२ बर्षीया रामशरादेबी सिंहको मृत्यु भएको हो । शाही द्धयको घटनास्थलमै र सिंहको उपचारका क्रममा शनिबार बिहान सवा १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि थप चार जना घाइते छन् ।
जस्मा जिल्लाको जगन्नाथ गाउँपालिका – ३ मनिकाँडाका ४० बर्षीया बिउरा ओड, ४५ बर्षीया सिद्धा ओड र २२ बर्षीया संगिता शाही रहेका छन् ।
अछामको रामारोशन गाउँपालिका – ४ का २१ बर्षीय चालक नविन बोहरापनि घाइते छन् । घाइते मध्य संगिता शाहीको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।

शुक्रबार बुलेकी साढे ६ बजेतिर बाजुराको जगन्नाथ गाँउपालिका – ३ दाउणा भन्ने स्थानमा पिलुचौरबाट मनिकाँडा तर्फ जादै गरेको सु.प.प्र.०१–००२ त ४६८७ ट्रयाक्टर झन्डै ५०० मिटर मुनी खसेको थियो ।
यो दुर्घटना बारे स्थानीय शुबास बिकले जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराउना साथ प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीराज जोशीको टोली र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी नायव निरीक्षक भागिरथसिह धामी कमाण्डको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोली राति ११ बजे मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि मात्रै प्रहरीले घाइतेलाई उपचारका लागि कोल्ट िआधार भुत अस्पताल पुर्‍याएको थियो ।

प्रहरीका अनुसार ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटनामा परेको खुल्न आएपनि थप अनुसन्धान भइ रहेको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *