दाङ, मंसिर १३ ।
नेपाली कांग्रेसले आइतबारदेखि ‘हामी तयार छौं’ अभियान सुरु गर्दै छ ।
सभापति गगन थापाले आइतबार बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा अभियानको सुरू गर्दै छन् ।
स्थानीय तह निर्वाचन तयारीलाई लक्ष्य गरी यो अभियान सञ्चालन गर्न लागेको हो ।
काँग्रेसले यो अभियान स्थानीय तहहरूमा सञ्चालन गर्न थालेको हो । उस्ले मुलक भरका ७५३ वटै स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाएको छ ।
जस्का लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण दिइने भएको छ । प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, काम गर्ने तरिका र आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले अभियान आयोजना गर्न लागिएको काँग्रेसले जनाएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर १४ गते आइतवार
